१६ असोज पोखरा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले लगाएको अघोषित नाकाबन्दी सरकारकै कमजोरीका कारणले लम्बिएको आरोप लगाएका छन् नेवा खलः कास्कीको वार्षिक साधारणसभालाई शनिवार पोखरामा सम्बोधन गर्दै उनले सरकारको कुटनीतिक असफलताका कारण नाकाबन्दी लम्बिएको बताए नेमकिपा अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघमा नगएर गल्ती गरेको टिप्पणी गर्दै भारतले गरेको नाकाबन्दीका बारेमा अन्र्तराष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने मौका गुमाएको बताए  
उनले भुकम्पमा सहयोग गर्ने दाता राष्ट्रहरुलाई धन्यवाद नाकाबन्दीको बारेमा विश्वलाई सुनाउने मौका पाएपनि आसेपासेको कुरा सुनेर राष्ट्रसंघको महासभामा नजाँदा देशमा समस्या झन् थपिएको बताए बिजुक्छेले नेवारी संस्कृति सभ्यता पनि भएकाले यसलाई जिवन्त राखिराख्नुपर्नेमा जोड दिए  
नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ सस्थाको प्रतिनिधिले शुभकामना दिएको थिए कार्यक्रममा नेवा छेँ निर्माणका लागि नगद लाख भन्दा बढी सहयोग गर्ने सहयोग दाताहरु तथा लामो समय नेवा खललाई नेतृत्व दिएर अमूल्य योगदान गरेको भन्दै निवर्तमान अध्यक्ष प्रकाशमान पालिखेलाई सम्मान गरिएको थियो
 
Top