'कर्फ्यु वा दमनको आडमा संविधान ल्याइनु हुँदैन'



एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसपटक संविधान घोषणा गर्नैपर्ने प्रष्ट पारेका छन् । तर कर्फ्यु लगाएर वा दमन गरेर संविधान जारी गर्न नहुने उनको भनाई छ । उनले फेसबुकमार्फत भनेका छन्, ‘यसपटक संविधान घोषणा गर्नैपर्दछ, यसमा कुनै सम्झौता गर्न सकिन्न ।’ यद्यपी संकटको राजनीतिक समाधान पनि उत्तिकै महत्वपूर्ण रहेको उनले जनाएका छन् ।उनले लेखेका छन्, ‘अन्यथा द्वन्द्व, अराजकता, प्रतिगमन र पृथकतावादको खतरा बढ्न सक्छ ।’यसप्रति गम्भीर हुनैपर्ने खाँचो औंल्याउँदै उनले लेखेका छन्, ‘संविधान घोषणाको मूल आधार सेना, कर्फ्यु र दमन कदापी हुनु हुँदैन ।
 
Top