राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधन 






राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको उपचारका क्रममा निधन भएको छ ।अमेरिकाको कोलोराडोमा नेपाली समय अनुसार शनिबार राती ८ बजे निधन भएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।६१ वर्षीय गुरूङका १ छोरा एक छोरी र श्रीमती छन् । २०१२ सालमा स्याङ्जाको पञ्चमुल सिरुवारीमा जन्मेका गुरुङ पञ्चायतकालमै अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र नेपाल युवा संगठनको सभापति बनेका थिए ।राप्रपा स्थापना हुँदा त्यसको केन्द्रीय सदस्य रहेका गुरुङ राप्रपा नेपालको महामन्त्री बनेका थिए ।पहिलो संविधानसभामा राप्रपा नेपालको संसदीय दलका नेता रहेका गुरुङ दोस्रो संविधानसभा निर्वाचन भने स्याङजा १ बाट पराजित भएका थिए ।
 
Top