भारतले हेपाहा प्रबृत्ति देखायो – महासचिव पोखरेल
१६ असोज पोखरा। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भारतले नेपालामा अघोषित नाकाबन्दी गरेर हेपाहा प्रबृति देखाएको बताउनुभएको छ ।नेपालीले आफनो संविधान आफै लेखेका छन्, भारत र अरु कुनै देशका लागी हैन् उहाँले भन्नुभयो विश्वले स्वागत गरिरहेका बेला भारतले भने असन्तुष्टी जनाउनु गलत हो । ‘हामीले हाम्रो संविधान जारी गर्न नपाउने, यो गर त्यो गर भन्ने ।’ नाकाबन्दी विरुद्ध कुटनीतिक र अन्तराष्ट्रिय कानुनका आधारमा अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।उहाँले तराईमा आन्दोलनका नाममा वितण्डा मच्चाइएको बताउदै विना मुद्धा जनतालाई दुःख दिन आन्दोलन गरिएको दावी गर्नुभयो । उहाँले असन्तुष्ट भनिएकाहरुको माग के हो स्पष्ट छैन्, आन्दोलन शब्दको खिल्लि उडाइएको छ भन्नुभयो ।संविधान कार्यान्वयका लागी दलहरु वीच एकता आवश्यक रहेको बताउनु भएको छ । प्रेस चौतारी कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले दलहरु वीच समझदारी कायम नभए संविधान कार्यान्वयन कठिन हुने समेत बताउनुभयो ।
