मगरात बन्दले जनजीवन प्रभावित


नेपाल मगर संघ संघर्ष समितिले आह्वान गरेको मगरात बन्दले १८ जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण पाल्पा, रोल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, सल्यान, रुकुम, बागलुङ, म्याग्दी जिल्लाका पूरै भाग तथा पर्वतका १५ गाविस, नवलपरासीका ४१ गाविस, स्याङ्जाका ४८ गाविस, तनहुँका ३४ गाविस, गोरखाका १७ गाविस पर्छन् ।यसैगरी दाङका ११ गाविस, डोल्पाका ६ गाविस, लमजुङका ४ गाविस, रुपन्देहीका उत्तरी क्षेत्र पर्दछन् । मगरात बन्दले ती जिल्लाको जनजीवन प्रभावित बनेको छ । पोखरामा पनि बन्दको हल्ला चलेपनि कास्कीको उत्तर–पश्चिम दाङसिङ मात्रै पर्ने बताइएको छ । यसैवीच बन्दले पोखराबाट देशका विभिन्न भागका लागी छुटने लामो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । सवारी साधन नचल्दा यात्रु मर्कामा परेका छन्
 
Top