२४ श्रावण, काठमाडौँ ।नेपाली सांगीतिक बजारमा फुटकर गीतहरु बजारमा ल्याउने सस्कारको विकास भईरहेको अझ भनौ एल्बमको खडेरी नै परेको बेला एक गीति एल्बम को सनिबार राजधानी मा बिमोचन गरिएको छ ।आज बागबजार स्तिथ यति प्लाजाको हलमा एक बिसेष समहरोहाका बीच गीति संग्रह “संयोग”को बिमोचन गरिएको हो । समाहरोहमा सांगीतिक क्षेत्रका विभिन्न मुर्धन्य ब्यक्तित्व हरुको सहभागिता रहेको थियो ।प्राज्ञ शान्तिराम राईको प्रमुख आतिथ्यतामा विभिन्न सांगीतिक क्षेत्रका ब्यक्तित्व हरुको हात बाट एल्बम बिमोचन गरिएको हो । एल्बम मा इनुमा रुङ्गमाङ्ग को एकल सब्द ,सुबाश सर्जनको संगीत ,एल बि राई लिलु र अनु राईको सहकार्यमा संयोग एल्बमको निर्माणको संयोग जुरेको हो । समाहरोहमा बोल्दै एल्बमका संगीतकार सुबाश सर्जनले आफ्नो मेहेनतलाई सुनेर प्रतिक्रिया दिन सबैलाई अनुरोध गरे । एल्बम भित्र दिपक लिम्बु ,अभा मुकरुंग ,राजेशपायल राई ,अनु राई,एल बि राई लिलु र इनुमा रुङ्गमाङ्गको स्वरका ५ गीत रहेका छन्। एल्बमको मिडिया पट्र्नर मेघा एफ एम ९५.४ पोखरा , रेडियो थाहा संचार ९९.४ काठमाडौँ ,रेडियो राजमार्ग ९९. २ धादिंग , र अनलाईन मिडिया पट्र्नरnpnews24.com रहेका छन् ।
