१५ श्रावण, पोखरा आर्ट अफ लिभिङ पोखरा शाखाले गूरु पुर्णिमाको अबसर पारेर आज पोखरामा बृक्षा रोपण गरेको ।पोखरा केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले बृक्षा रोपण गरे पछि शुरु भएको बृक्षा रोपणमा एक सय वटा विरुवा रोपीएको ।बेल , रद्राक्ष ,गुलमोहर , राजबृक्ष ,फलफुल लगायतका विरुवा रोपीएको आर्ट अफ लिभिङ पोखाराका संयोजक नरेश भट्टराईले बताउनु भयो भट्टराईले पार्क झाँडीले भरीएको भन्दै अब शनिबार शनिबार स्वयमसेवक मार्फत सरसफाई गरीने बताउनु भयो आफुले रोपेको विरुवाको पनि प्रत्येकले निगरानी राख्ने उहाँले बताउनु भयो उहाँले बृक्षा रोपण गर्नु मात्रै ठुलो कुरा नभएर त्यसको संरक्षण गर्नु मुख्य भएको बताउनु भयो कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष, विन्दु कुमार थापा , पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापा , पर्यटन ब्यबसायी , सामाजिक अभियन्ता , लगायत आर्ट अफ लिभिङका टिचर स्वयसेवक हरुको उलेख्य सहभागीता रहेको थियो
 
Top