काठमाडौँ८ श्रावण । विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको राजधानीमा प्रभाव देखिएको छ । राजधानीका सडकहरुमा सामान्यरुपमा मोटरसाइकलहरु चले पनि सार्वजनिक यातयात चलेका छैनन् ।प्रमुख दलहरुका बीचमा गत जेठ २५ मा भएको १६ बुँदे सहमति र प्रारम्भिक मस्यौदाको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको माओवादीले विरोधका कार्यक्रमहरुलाई अझ सशक्तबनाउने बताएको छ ।बन्दलाई सफल बनाउन हिजो साँझ मशाल जुलुससहित प्रर्दशन गरेको माओवादीले आजको बन्दलाई शान्पिूर्ण नाउने बताएको छ । "हामी बन्दलाई पूर्ण सफल बनाउने योजनामा लागेका छौ । राष्ट्रिय मुद्धाहरुका पक्षमा बन्द आह्वान गरिएकाले पनि जनताले बन्दमा साथ दिने विश्वास लिएका छौ ,"प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताएका छन । "शान्तिपूर्ण विरोध कार्यक्रममा हस्तक्षप भयो भने हामी प्रतिकार गर्न पनि तयार भएका छौ" , उनले भने ।
