७  श्रावण काठमाडौँ । बुधबार राति गएको भूकम्पको केन्दबिन्दु  सिन्धुपाल्चोकको सट्टा काठमाडौँमै  देखिएपछि भूकम्प मापन केन्द्रले आफ्नो वेभसाइटमा सूचना निकाल्दै माफी मागेको छ ।बुधबार राति १० बजेर १५ मिनेटमा काठमाडौँको सुन्दरीजल आसपासलाई  केन्द्रबिन्दु  बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।तर, भूकम्प मापन केन्द्रले सुरुमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दुबनाएको सूचना जारी गरेपछि यसैलाई आधार मानेर समाचार माध्यमले समाचार सम्प्रेषण गरेका थिए । 
 
Top