गित संगितको यात्रामा छोटो समयमै आधा दर्जन जति एल्बम बजारमा ल्याएका रुद्र प्रसाद लम्साल पछिल्लो समय सालैजोमा चम्कदै छन् । पछिल्लो समय गित संगितमा नयाँ उतारचढाव आएको छ । त्यहि उत्ताउला पाराका, पश्चिमी सँस्कृति भित्रिएका गित संगितलाई चुनौति दिंदै फेरी पनि रुद्र प्रसाद लम्सालले धार्मिक, ऐतिहासिक, सास्कृतिक तथा पर्यटकिय सम्पदा बोकेको सालैजो बजारमा ल्याउन ल्याएका छन् । स्याङ्गजाको सुन्तला घारि, बनाउँछु मायाको फुलबारी नामक सास्कृतिक तथा पर्यटकिय सम्पदा बोकेका सालैजो यतिबेला बजारमा आएको छ । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर, बाग्लुङ्ग, पर्वत, स्याङ्गजा, गुल्मी, पाल्पा, रुपन्देहि जस्ता पश्चिमाञ्चलका विभिन्न जिल्लाका धार्मिक, ऐतिहासिक, सास्कृतिक तथा पर्यटकिय पक्षहरुलाई टपक्क शब्दमा टिपी पश्चिमाञ्चल क्षेत्रका जातिहरुबिचको लोकप्रिय लयलाई नविन ढङ्गवाट संक्षिप्त भित्र व्यापकता ओगट्ने गरि तयार गरिएको सालैजोको स्वर, लय तथा शव्द लम्साल आपm्नै छ ।
त्यस्तै उनलाई स्वरमा साथ दिन स्याङ्गजाकै नयाँ उदयीमान गायिका सुस्मीता परियार आएकी छन् । पश्चिमाञ्चल डिजिटल मूभि, सृजनाचोक पोखराको पाचौँ भेटको रुपमा स्याङ्गजाको सुन्तला घारि, बनाउँछु मायाको फुलबारी (सालैजो) बजारमा आएको हो । त्यसो त लम्साल उक्त मूभिका सम्पादक समेत हुन । विशेषगरि सम्पादनमा समेत अब्बल रहेका लम्साल यसभन्दा अघिको चौँथो एल्बम स्याङ्गजाको बजार चिसो चिसो (सालैजो) पनि आँफैले सम्पादन गरी बजारीकरण गरेका हुन् । यो सालैजो पनि धार्मिक, ऐतिहासिक, सास्कृतिक तथा पर्यटकिय पक्षहरुलाई समेटि तयार पारियकोले बजारमा राम्रो सफलता पायो फलस्वरुप यो नबिन सालैजो सुन्तला घारि बजारमा ल्याएको लम्सालले बेनीअनलाइनलाई बताए ।
