कास्की, वैशाख २५ - 
गत १२ गते गएको भूकम्पमा परेर घाईते भएकी गोरखाकी एक बृद्धको पोखरामा उपचार हुँदै गर्दा ज्यान गएको छ । गोरखाको घ्याल्चोक–५ की ८० वर्षीया योगमाया घलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको हो । वैशाख १४ गते हेलिकप्टरबाट उद्धार गरि पोखरा ल्याईएकी गुरुङ्गको बिहीबार ज्यान गएको पश्चिमाञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । यो सँगै पश्चिमाञ्चल विकास क्षेत्रमा भुकम्पमा परेर ज्यान गुमाउनेको सख्या ४ सय २२ पुगेको छ । गोरखा जिल्लामा मात्रै यसअघि नै ४ सय १३ जनाले ज्यान गुमाएका छन् ।  अहिले पोखराको पश्चिमाञ्चलसँगै गण्डकी मेडिकल, मणिपाल, मेट्रो लगायतका अस्पताहरुमा २ सय २८ जना भुकम्पका घाईतेहरुको उपचार भैरहेको छ । पोखरामा गोरखा, लमजुङ्ग, धादिङ्ग सिन्धुपाल्चोक, स्याङ्गजा, तनहूँ लगायतका जिल्लाबाट समेत भुकम्पमा परि घाईते भएकाहरु उपचारका लागि आएका थिए ।
 
Top