बैशाख ८ । एएफसी अण्डर फोर्टिन महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले माल्दिभ्सको सामना गर्नेछ । खेल काठमाडौंको दशरथ रंगशालामा दिउसो ४ वजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा ईरानलाई हराँउदै नेपालले विजयी सुरुवात गरेको छ । साविक विजेता नेपालले हिजो ईरानमाथि ३-२ को संघर्षपुर्ण जीत हात पारेको हो । खेलमा घरेलु टोलीलाई विजयी गराउन रेखा पौडेलले दुई तथा सरु लिम्बुले एक गोल गरिन् । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको प्रतियोगितामा दक्षिण एसिया र मध्य एसियाका सात टिम सहभागी छन् । नेपालको समूहमा ईरान, श्रीलंका र माल्दिभ्स छन् भने अर्को समुहमा भारत, भुटान र बंगलादेश छन् ।
 
Top