\
२४ चैत । एकीकृत नेकपा माओवादीसहितका ३० दलीय गठबन्धनले गरेको आमहड्तालको पहिलो दिन मंगलवार विहानैदेखि राजधानी लगायत देशैभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरु विहानैदेखि राजधानीका विभिन्न ठाउँमा जम्मा भएर बन्द गराउँदै हिडेका छन् । भित्री टोल र गल्लीहरुमा पनि बन्दकर्ताहरुले पसलहरु बन्द गराउँदै हिडेका छन् । बन्द गराउँदै हिड्ने बन्दकर्ताहरुलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । विजुली बजार बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको पाउरोटी बाकेको भ्यान तोडफोड गरेका छन् । प्रहरीले भ्यान चालकको सहयोगमा दुई जनालाई बुद्धनगरबाट पक्राउ गरेको छ । त्यस्तै, एकीकृत माओवादीका काठमाडौ जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, एमाओवादी काठमाडौ सचिव रेणु दाहाल, क्रान्तिकारीका सुरेन्द्र बस्नेतलाई पनि प्रहरीले विजुलीबजार पुलबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई तीन कुने प्रहरीमा राखिएको छ । त्यस्तै, बालकुमारीमा पनि आन्दोलनकारीहरुले एउटा ट्याक्सी जलाएका छन् । जलाइएको ट्याक्सी प्रहरीेले लैजान खाेज्दा स्थानीय क्षतिपूर्ति नतिरी लैजान नपाइने भन्दै राेकेका छन् ।