पोखरा १९ चैत ।पोखरा उद्योग वाणिज्य संघले बर्षौ देखी मेलामा दमकलका लागि उठाउँदै आएको पैसा दमकल खरिदका लागि एक छेउ पनि नपुग्ने भएपछि, रकमान्तर गर्ने तयारी गरेको छ ।यही बर्षमा संचालन भएको ब्यापार मेलाको आय ब्यय सार्वजनिक कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले बोर्ड बैठक मार्फत जम्मा भएको रकम गण्डकी अस्तपतालमा निर्माण हुन लागेको मुटु रोग उपचार कक्षमा रकमान्तारका लागि निर्णय गरिने वताए । करिब एक दशक देखी उद्योग वाणिज्य संघले मेलाको टिकटमा दमकलका लागि उठाउँदै आएको पैसा करिब १७ लाख रुपैया छ ।जबकी हालै पोखरा उपमहानगरपालिकालाइ दिएको दमकलको एउटैको मूल्य एक करोड पर्छ । प्रत्येक बर्ष पोउवासंघले करिब डेढ लाख रुपैया दमकलका लागि छुट्टाउछ । यही हिसाबले संघको भर पर्ने हो भने पोखरामा दमकल आउन बिसौ बर्ष लाग्छ । तर चीनको कुन्मिङ शहरले पोखरालाइ दुइ वटा दमकल केही महिना अघि उपहार दिएपछि, संघलाइ पनि हाइसञ्चो भएको छ । संघले राष्ट्रिय औधोगिक व्यापार मेला–२०७१ को आयव्यय सार्वजनिक गर्नेे कार्यक्रममा अध्यक्ष थापाले दमकलका लागि जम्मा भएको रकम अन्यत्रै खर्च गर्नका लागि बोर्डमा छलफलको प्रस्ताव लैजाने खुलासा गरेका हुन् ।
तर उनको यो प्रस्ताव फलामको चिउरा बन्ने सङकेत पनि देखिन सक्ने अनुमान गरीएको छ । आम जनतासँग एउटा शीर्षकमा रकम संकलन गरेर अर्कै प्रयोजनमा खर्चिने प्रस्तावको मुद्धा नै बोर्डमा कठीन बन्न सक्ने भएको हो । पछिल्लो समय पोखराका मुटुरोगीले आफ्नै शहरमा तत्काल उपचार पाउन नसकेपछि हर्ट केयर सेण्टर निर्माणको पहल थालनी भएको हो । बुधवार नै सरोकारवालाहरु सम्मिलित एक बैठकले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उक्त सेण्टर निर्माणका लागि आवश्यक पूर्वाधारको तयारी थाल्ने विषयमा छलफल भएको थियो । जसका लागि डाक्टर माधव तिवारीको संयोजकत्वमा एक समिति गठन समेत गरीएको छ । सेण्टर निर्माणका लागि लायन्स क्लब अफ ईटरनेशनलबाट एक लाख रुपैया डलर सहयोग प्राप्त हुने बताईएको छ । आगामी एक या डेढ महिना भित्र मुटु रोगको उपचारका लागि अस्पतालमा ओपिडी सेवा सुरु गर्ने लक्ष्य समेत लिईएको बताईएको छ । संघले गत मंसीर ४ देखि १४ गतेसम्म आयोजना गरेको ब्यापार मेलाबाट करीब २४ लाख रुपैया नाफा गर्न सफल भएको पनि अध्यक्ष थापाले उक्त अवसरमा जानकारी गराएका थिए । मेलाबाट संघले १ करोड ३ लाख ११ हजार ६७ रुपैयाँ आम्दानी गर्न सफल हुँदा ७९ लाख १२ हजार ३ सय ३७ रुपैयाँ खर्च भई कुल २३ लाख ९९ हजार बचत थापाले जानकारी दिएका थिए ।
.jpg)