पोखरा १९ चैत । लागुऔषध नियन्त्रण कार्यालय पोखराले ठूलो परिणामको अवैध लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा पोखराले विहिबार १५ लाख बराबरको अवैध लागुऔषध सहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रुपन्देही सि.न.पा ३बस्ने हजरत अली मुसलमान, रुपन्देही सि.न.पा ६ शहिद पथ बस्ने निजामुद्धिन अहम्मद, रुपन्देही १० डोगही बस्ने बृजमोहन गिरी र भारत बनारस लोटिया घर भई पोखरा १५ रामबजार बस्ने शिवकुमार बाँनिया रहेको गण्डकी अञ्चल प्रहरी कार्यालय पोखराका प्रमुख बलराम शर्मा पौडेलले बताउनु भयो ।
 पक्राउ गरिएका चारै जनालाई विहिबार पोखरामा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनीक गरेको छ । अली मुसलमान र अहम्मद साथबाट नर्फिन ६ सय थान, डाईजापाम ५ सय ८० थान, फेनरागन ६ सय २० थान सहित लु १ च ५११७ नम्वरको अल्ट्रो नीजि कार बरामद गरेको छ ।  त्यस्तै बानियाको साथबाट नर्फिन ६० थान, डाईजापाम ६० थान र फेनरागन २० थान बराम गरेको गण्डकी अञ्चल प्रमुख पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नीजि कारमा लुकाएर ल्याउदै गरेको १९ सय ४० थान अवैध लागुऔषध बरामद प्रहरी गर्न सफल भएको । उनीहरुलाई विहिबार विहान सात र आठ बजेको समयमा पोखराको बुद्धचोकबाट पक्राउ गरेको हो । बाँनियालाई प्रहरीले विहान सात बजे पक्राउ गरेपछि ठूलो परिमाणमा अवैध लागुऔषध भित्रिदै छ भन्ने जानकारी प्रहरीले पाएको थियो, सोही सुचनाका आधारमा ठूलो परिमाणमा लागुऔषध समात्न सफल भएको हो ।
 
Top