पोखरा २४ चैत । एमाओवादी नेतृत्वको ३० दलिय मोर्चा गरेको आमहडतालको पहिलो दिन पोखराको जनजीवन प्रभावित बनेको छ । विहानैदेखि पोखरा र आसपासको क्षेत्र सबै पसल, उद्योग, सवारी साधन, विद्यालय, कलेज सबै ठप्प छन । बन्द गराउन आन्दोलनकारी चोकचोकमा बसेका छन् ।  बन्दका कारण कास्कीको पोखरा र लेखनाथका उद्योग कलकारखाना, पसल, विद्यालय क्याम्पस पूर्ण रुपमा ठप्प छन् । पोखरा भित्र र बाहिरिने कुनै पनि सवारी साधन चलेका छैनन् । फाटफुट चलेका सवारी बन्दकर्ताले रोकेका छन् ।बन्दका कारण सुन्दर पर्यटकिय नगरी पोखरा सुनसान छ । यसअघिका बन्दमा जस्तै पोखराको सडक खेल मैदान बने ।  सडकमा वाल—बालिका क्रिकेट, फुटवल, व्याडमिन्टन, भलिवल लगाएतका खेल खेल्न ब्यस्त छन । भने अत्यावश्यक काम परेकाहरु हतार हतार पैंदलै गन्तव्यमा तर्फ लागेका छन् । सहमतीबाटै संविधान जारी गर्नुपर्ने र बहुमतीय प्रक्रिया रोक्नुपर्ने लगायतका माग राखेर एमाओबादी नेतृत्वका दललले तिन दिने आम हडतालको घोषणा गरेका हुन् । तिन दिने आम हडताल २६ गतेसम्म कायमै रहने मोर्चाले जनाएको छ ।
 
Top