पोखरा २० फागुन । हेमराज पहारी स्मृति पुरस्कार(२०७१ द्वारा राप्ती साहित्य परिषद् दाङलाई सम्मान गरिएको छ। हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा दाङको सदरमुकाम घोराहीमा आइतबार आयोजित समारोहमा परिषद्लाई एक लाख रुपैयाँ नगदसहित ताम्रपत्र प्रदान गरिएको छ।समारोहका प्रमुख अतिथि प्रा. डा. टंकप्रसाद न्यौपानेले साहित्यकार हेमराज पहारीको स्मृतिमा अक्षय कोष स्थापना गरेर रीता पहारीले स्व. पहारी र प्रतिष्ठानलाई अमर र जीवन्त बनाएको बताए। ुसाहित्यमा प्रत्यक्ष लाभ केही देखिँदैनु(प्रमुख अतिथि न्यौपानेले भने(ुतर स्वच्छ समाज निर्माण र जीवनलाई अमर बनाउन मानिस साहित्यमा लाग्छन्।ु उनले राष्ट??लाई जीवन्त, शक्ति र अनुभूति पनि साहित्यले प्रदान गर्ने बताए।   परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले कार्यक्रमले दाङ र पोखराबीच निकटता कायम भएको उल्लेख गरे। प्रा. डा. भीम खतिवडाले स्मृति प्रतिष्ठानले तत्स्थानमै आएर संस्थालाई सम्मान गर्नु उदाहरणीय भएको बताए। प्राज्ञ खेम नेपालीले पोखरेली संस्थाबाट धेरैले सिक्नुपर्ने बताए।प्राज्ञ अमर गिरीले स्व. पहारी आफैमा उत्कृष्ट स्रष्टा भएको विचार राखे।कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष शंकर पौडेल, प्रलेस दाङका अध्यक्ष केशव थापा, पत्रकार महासंघ दाङका कार्यबाहक अध्यक्ष लक्ष्मी आचार्य, पुरस्कार योग्य प्रतिभा छनौट समितिका संयोजक हरिप्रसाद भण्डारी, साझा प्रकाशनका सञ्चालनक सदस्य अनिल पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए।  उक्त अवसरमा प्राज्ञ हरिदेवी कोइराला, प्राज्ञ उत्तम कृष्ण माजगैमा, प्रा.डा. यामबहादुर पौडेल क्षत्री, कृष्णप्रसाद बास्तोला, लक्ष्मी निरौला, नारायण नेपाल, कृष्णप्रसाद पौडेल, फडिन्द्र अकिञ्चन, इन्दु अंशु, यज्ञबहादुरडाँगीलगायतले गीत तथा कविता प्रस्तुत गरेका थिए। हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रीता पहारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष गोविन्दराज पहारीले स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद्का उपाध्यक्ष कमलमणि देवकोटाले गरेका थिए। हेमराज पहारी स्मृति पुरस्कारको अक्षय कोषको राशी ३० लाख पु¥याइने भएको छ।कोषका अध्यक्ष रीता पहारीले रु. १५ लाखको उक्त कोषमा आफ्ना तर्फबाट थप १५ लाख थप गर्ने घोषण गरिन्। दाङको घोराहीमा भएको हेमराज पहारी स्मृति पुरस्कार समर्पण समारोहमा अध्यक्ष पहारीले उक्त घोषणा गरेकी हुन्। उनले हाल दुई( दुई वर्षमा वितरण हुँदै आएको उक्त पुरस्कार निकट भविष्यमा प्रत्येक वर्ष प्रदान गरिने जनाइन्।
 
Top