पोखरा ९ चैत ।पोखरामा दुई प्यारग्लाइडिङ एक आपसमा जुध्द्धा दुई जना घाइते भएका छन् । घाइते हुनेमा एक जना नेपाली र एक चिनियााँ पर्यटक रहेको कास्की प्रहरीले जनाएको छ । यात्रु सहितको प्याराग्लाईडिङ एक आपसमा जुधेरका हुन् । दुर्घटनामा प्याराग्लाईडिङ पाइलट ३५ वर्षिय चेतप्रसाद न्यौपाने र चिनियाँ पर्यटक २५ वर्षिय झुङ हुई लिन घाइते भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी केदार रजौरेले जानकारी दिनुभयो ।उडानपछि अवतरण गर्नै लाग्दा दुईवटा ग्लाइडर एकआपसमा ठोक्किएर दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।  भुईमा पछारिदा चिनियाँ पर्यटक सहित पाईलट घाईतेको प्रहरीले जनाएको हो । घाइते पाइलट न्यौपानेको काठमाडौस्थित ग्राण्डि अस्पतालमा उपचार भइरहेको छ । न्यौपानेलाइ हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो। न्यौपानेको घुडामा गहिरो चोट लागेको बताइएको छ। चिनियाँ पर्यटकको भने पोखराको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ । उहाँको पनि हात भाच्चिएको नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष सोभित बानियाँले जानकारी दिनुभयो ।
 
Top