पोखरा १० चैत्र । आज मार्च २४ तारिक अर्थात् विश्व क्षयरोग दिवस कास्कीमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । यसवर्ष“सबै छुटेका क्षयरोगीलाई, उपचारमा ल्याई निको पारौं” भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा मंगलबार पोखरामा ¥याली हुदैछ । कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर कालु शर्माले मानिसहरु आफ्नो स्वास्थ्यलाई लिएर सचेत बन्न थालेको भएपनि कहाँ र कसरी उपचार पाईन्छ भन्ने बारेमा जानकारी नहुँदा सबैले उपचारको पहुँच नपाएको बताए ।  उनले पश्चिमाञ्चलमा नयाँ क्षयरोगीहरु पत्ता लाग्ने दर घट्दै गएको पनि जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्र पोखराका निर्देशक डाक्टर मुकुन्दप्रसाद आचार्यले पछिल्ला वर्षहरुमा क्षयरोगका बिरामीहरु घट्दै गएको भएपनि अझै धेरै व्यक्तिहरु उपचारको पहुँचमा सजिलै पुग्न नसकेको बताए ।क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरिक्षक रेकबहादुर थापाले कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रमा र जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका क्षयकुष्ठ निरिक्षक वसन्तनाथ भट्टराईले कास्की जिल्लामा क्षयरोगीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
 
Top