पोखरा २० फागुन । रेवान पोखराले विगतका वर्षहरुमा जस्तै यसपटक पनि होली फेष्टिबल आयोजना गर्ने भएको छ । होली फेष्टिवल सफल पार्न रेवानले आफ्ना सदस्य बैभव पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । रेवान पोखराले वर्षेनी आयोजना गर्दे आएको सडक महोत्सवले विशेष चर्चा पाएपनि उसले सरसफाई, वृक्षारोपण, रक्तदान, जनचेतना मुलक गोष्ठि, प्रशिक्षण तालिम आदि कामहरु पनि गर्दै आईरहेको छ । unnamed (2) विदेशी पर्यटकहरुलाई सहभागि गराई नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउँदै पर्यटन प्रवद्र्धनमा थप सहयोग पु¥याउने उद्देश्यका साथ विगत एक दशकदेखि रेवान पोखराले होली फेष्टिबलको आयोजना गर्दै आएको रेवान महासचिव लक्ष्मण बरालले जानकारी दिए ।
फेष्टिबलमा सहभागिताका लागि विहिबार विहान ११ बजे बसुन्धरा पार्क अगाडी सबैलाई भेला हुन रेवानले आग्रह गरेको छ । त्यहिबाट पञ्चेबाजासहित नाचगान र रंग खेल्दै कार्यक्रम अगाडी बढ्ने संयोजक पौडेलले बताए । त्यहाँबाट तीन किलोमिटर पर खहरेचोकसम्म पुगेपछि अनौपचारिक रुपमा कार्यक्रम त्यहि सकिने झण्डै ३ घण्टाको कार्यक्रम हुने पनि संयोजक पौडेलले जानकारी दिए । नेपाल पर्यटन बोर्ड प्रवद्र्धकका रुपमा रहेको छ । यसपटकको होलीका लागि रेवानले झण्डै सय किलो रंगको व्यवस्था गरेको जनाएको छ ।
