श्री शाके १९३६ विक्रम सम्वत २०७१ फाल्गुनकृष्णपक्ष ३ गते आईतबार प्लवङ्गनामसंवत्सर सुर्य उत्तरायानं शिशिरर्तुः तदनुसार नेपाल सम्वत ११३४ (शिल्लागा),इस्वीसम्वत्. २०१५ फेवररी १५ तारिक एकादशी तिथी मूल नक्षत्र सिद्धि योगा, सुर्योदय प्रात ६ः४४ वजे भयो भने सुर्यास्थ साझ ५ः५४ वजे हुनेछ यात्राका लागी शुभ दिशा उत्तर, शुभ समय १२ः५० देखि १४ः२१ सम्म
आजको राशिफल
मेष ः– शत्रु बढ्ने खालको समय छ, कामले विस्तारै गति लिएता पनि मनोबल घट्ने छ, व्यापार व्यवसायमा नगन्य लाभ रहला,
वृष ः–समय मध्यम नै देखिन्छ, खर्च गरे अनुसारको प्रतिफल आउने छैन, काममा ढिला सुस्ती भए तापनि शत्रु माथि विजय हुनेछ ।
मिथुन ः व्यापार व्यवसायमा लाभ हुनेछ, शुभ यात्राको समय देखिन्छ, मिठान्न भोजन तथा दाम्पत्य सुख मिल्ने छ ।
कर्कट ः–स्वास्थ्यमा गडवडी हुनेछ, मानसिक अशान्तिले मनोबल घट्ने झमेला बढ्ने छ, अशुभ समाचा प्राप्ती रहनेछ ।
सिँह ः काममा ढिला सुस्ती हुनेछ, सामाजिक कार्यबाट अवजश, पठनपाठनमा आलश्यता र व्यापार व्यवसायमा अल्प लाभ हुनेछ ।
कन्या ः– नयाँ काम गर्ने जोश आएता पनि मानसिक अशान्ति रहनेछ,छोराछोरीसँग विवाद राज्यपक्षबाट असहयोग हुने समय छ ।
तुला ःसमय उपयुक्त छ, आम्दानीका स्रोत बढ्नेछन्, यात्राको समय छ, काममा जश तथा शुभ समाचार प्राप्ती रहला ।
बृश्चिक ः समय उपयुक्त देखिन्न, अप्रत्यासित खर्च बढ्नेछ, काम भन्दा गफ बढी तथा व्यापार व्यवसायमा समस्या रहनेछ
धनु ःस्वागत सत्कारमा दिन व्यतित हुनेछ, गरेका कार्यबाट उचित प्रतिफल मिल्नेछ भने सामाजिक पारिवारिक सहयोग मिल्नेछ ।
मकर ः– मानसिक अशान्तिले सताउनेछ, काममा हेलचक्रयाईले विवाद तथा झमेला हुनेछ, व्यापार व्यवसायमा मध्यम देखिन्छ ।
कुम्भ ः आरोग्यता वृद्धिले कामहरु बन्नेछन्, अप्रत्याशित धन तथा सम्मान मिल्नेछ, शुभ समाचार, मिष्ठान्न भोजनको योग छ ।
मिन ः– आफन्त भनिएका व्यक्तिसँग झमेला, मन चञ्चल अशान्ति, भएता पनि दैनिक कारोबारमा सुधार नै हुने देखिन्छ ।
ज्यो. रामजी प्रसा आचार्य–९८५६०२०५८६