मदरल्यान्डमा २१ औं वार्षिक उत्सव तथा चित्रकला प्रदर्शनी


 ‘सबैका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नाराका साथ स्थापना भएको मदरल्यान्ड उच्च मा.वि., मासवार, पोखरा–७ को      ‘२१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह’ दुई दिवसीय रूपमा आइतबार विद्यालय प्राङ्गणमा सुरु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक माया राईको प्रमुख आतिथ्यतामा सुरु भएको सो समारोहको उद्घाटन वासुरीको धुनसँगै विद्यार्थीहरूद्वारा एम् संरचनामा प्रमुख अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा बेलुन उडाएर गर्नुभएको थियो। उक्त अवसरमा विद्यालयकातर्फबाट प्राचार्य प्रेमनारायण पोख्रेल र विद्यार्थीका तर्फबाट छात्र अञ्जान पौडेलले स्वागत मन्तव्य राखेका थिए। मदरल्यान्ड उच्च मा.वि. शैक्षिक उन्नयनमा मैले जे सुनेकी थिएँ त्योभन्दा पनि उत्कृष्ट रहेछ भन्ने कुरा विद्यालयमा आउँदा अनुभव गरेको विषय व्यक्त गर्दै प्रमुख अतिथि माया राईले कार्यक्रमका बारेमा प्रशंसा गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिका लागिoooo शुभकामना व्यक्त गर्नुभएको थियो।

 यसका साथै विद्यालय निर्देशक त्रिभुवन शर्माले विभिन्न आरोह अवरोह पार गर्दै विद्यालयले प्राप्त गरेका हालसम्मका उपलब्धी तथा अनेक गतिविधिहरू प्रस्तुत गर्दै अबका दिनमा भौतिक संरचना निर्माण पुरा गरेको यस विद्यालयको दृष्टि भनेको कक्षाकोठा व्यवस्थापन, उचित शिक्षण विधि एवम् मूल्याङ्कनको छनौट र प्रयोग साथै सिर्जनशील क्रियाकलापको उपयोग गर्दै पठनपाठनका लागि बालमैत्री वातावरण तयार गर्ने कुरामा जोड दिनुभयो। यसै अवसरमा छात्रा सुलोचना अधिकारी, पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेश बराल, हेम आचार्य लगायतका व्यक्तित्वहरूले बोल्नुभएको थियो। दुई दिवसीय रूपमा बाँडिएको यस कार्यक्रममा आइतबार कक्षा प्रि–नर्सरीदेखि कक्षा पाँचसम्मका छात्रछात्राहरूको प्रस्तुति राखिएको थियो। विद्यार्थीहरूले आफुमा रहेको प्रतिभा गीत, संगीत, नृत्य, नाटक, प्रहसन, अभिनय आदिका माध्यमद्वारा शिक्षक तथा अभिभावकहरूलाई पेट मिचिमिची हँसाउनुका साथै बालबालिकाको सर्वाङ्गीण विकासमा सोच्न बाध्य तुल्याएका थिए। विभिन्न संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन झल्कने किसिमका प्रस्तुतिहरू समावेश गरिएको यस कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यसै अवसरमा विद्यालयमा रहेको विद्यार्थी कल्याणकारी कोषले आयोजना गरेको ‘अनुभवका रङहरू’ चित्रकला प्रदर्शनीमा विद्यार्थीहरू राजेन्द्र बहादुर गाह, ज्योत्सना पौडेल, निशा गर्बुजा पुन र आदर्श लामाद्वारा सृजना गरिएका कलाहरू राखिएका थिए। उक्त प्रदर्शनीमा राखिएका कलाहरू बिक्री गरी प्राप्त रकम मध्ये खर्च कटाएर बाँकी रहेको ५०५ रकम स्रष्टालार्ई दिने र बाँकी रकम विद्यार्थी कल्याणकारी कोषमा जाने कुरा प्रदर्शनीका संयोजक शिक्षक डि.बि. गुरुङले जानकारी दिनुभयो। यस कार्यक्रममा विद्यार्थी कल्याणकारी कोष मदरल्यान्डको सक्रिय सहयोगबाट आÇनो जीवन बचाउन सफल भएको अनुभव राख्दै छात्रा अस्मिता भण्डारीले सहयोगमा सक्रिय सहभागिता जनाउने पाँच जना भाइबहिनीहरू र विद्यालयलाई मायाको चिनो प्रदान गरेकी थिइन्। दुई दिनसम्म चल्ने यस समारोहमा एस.एल.सी. तथा उच्च मा.वि.तर्फ उत्कृष्ट नतिजा हात पार्न सफल छात्रहरू प्रसिस तिमिल्सिना, सुजन शाही, अमृत बाँस्तोला, उज्ज्वल देवकोटा र छात्रा सुलोचना अधिकारीलाई प्रशंसा–पत्रका साथ सम्मान गरिएको थियो। अतिरिक्त क्रियाकलाप प्रमुख सुनिल सुवालको संयोजकत्वमा संचालित यस समारोहको उद्घोषण प्रा.वि. इन्चार्ज केशु शर्माका साथ कक्षा १२ सम्मका विद्यार्थीहरूद्वारा संयुक्त रूपमा गरिएको थियो भने आइतबारको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण बरालको सभापतित्वमा सम्पन्न भएको थियो।
 
Top