काठमाडौं, माघ १० । रुसले पश्चिमाहरुको आर्थिक नाकाबन्दीविरुद्ध घुँडा नटेक्ने दृढता देखाएको छ । ‘बरु कम खाइन्छ, नाकाबन्दीविरुद्ध घुँडा टेकिन्न’ भन्दै रुसले पश्चिमा देशहरुलाई चेतावनी पनि दिएको छ ।  युक्रेन संकटका नाममा अनावश्यक दबाब दिएको भन्दै रुसी उपप्रधानमन्त्री इगोर शुवालोवले यस्तो चेतावनी दिएका हुन् ।  दावोसमा भएको विश्व आर्थिक मन्चमा उनले ‘प्रतिबन्धबाट राष्ट्रपति भ्लादिमिर पुटिनको रवैया परिवर्तन नहुने बरु यसले त झन् बलियो हुने’ प्रष्ट गरे ।  प्रतिबन्धका कारण अर्थतन्त्रमा असर परेको स्वीकार्दै शुवालोवले रुसी जनता जस्तोसुकै संकटको सामना गर्न तयार रहेको बताए ।  तेलको निर्यातमा आएको कमी र पश्चिमा देशले लगाएको आर्थिक प्रतिबन्धका कारण रुस पछिल्लो समय आर्थिक संकटमा फस्दै गएको छ । (एजेन्सी)
 
Top