काठमाडौं, माघ १० । प्रधानमन्त्री सुशील कोइरालाले मिलेरै अघि बढौं भन्ने सत्तापक्षको भावनालाई केही दलले कमजोरीको रुपमा लिएको बताएका छन् ।  शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले माघ ८ गते जनतालाई संविधान दिन नसक्दा आफू मर्माहत भएको र चाँडै नै लोकतान्त्रिक विधिबाट गणतन्त्रात्मक लोकतान्त्रिक संविधान बनाइछाड्ने प्रतिबद्धता ब्यक्त गरे ।  संविधान निर्माण गर्ने थलो संविधानसभालाई विपक्षी दहरुहरुले उत्तेजना प्रदर्शन गर्ने थलो बनाएको गुनासो पनि उनले गरे ।  प्रधानमन्त्री कोइरालाले नेपालमा संविधान बनेर स्थायित्व भएमा मित्र राष्ट्रहरुलाई समेत फाइदा पुग्नेतर्प पनि मित्र राष्ट्र राष्ट्रहरुको ध्यानाकर्षण गराए ।  उनले नयाँ संविधानले सवै जातजाति, धर्मावलम्बी, क्षेत्र र वर्गका जनताका अधिकारहरु सुनिश्चित गर्ने पनि बताए । 
 
Top