पोखरा ६ पुस । एमाओबादीले संविधान सभामा गरेको तोडफोड र एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्या भण्डारी, सभाध्यक्ष सुभाष नेम्वाङमाथि गरिएको आक्रमणको एमाले कास्कीले विरोध जनाएको छ । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले मंगलबार एक विज्ञप्ति प्रकाशित गदै तोडफोड र आफना नेतामाथि भएको आक्रमणको विरोध गरेको गर्नुभएको हो । गरिमामय संविधान सभाको बैठक बसिरहेको अवस्थामा संविधान निमार्णलाई गम्भिरता पुर्वक लिदै विवादित विषयहरुको कसरी समाधान गर्ने भन्ने कार्यमा लाग्नूको सटटा एमाओवादी र उसको गठबन्धन नेतृत्वको प्रत्यक्ष निर्देशन र संलग्नतामा सूनियोजित तरिकाले संविधान सभामा तोडफाड भएको एमालेले भनेको छ संविधान सभाका अध्यक्ष सुभास नेवाङ माथि आक्रमणाको प्रयास, अध्यक्ष तथा सभासद केपी ओली , उपाध्यक्ष तथा सभासद विद्या भण्डारी,माननिय सभासद ऋषिकेश पोखरेल माथिको आक्रमण भएको छ ।
जन निर्बाचित संविधान सभा मार्फत संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान निर्माण गरेर शान्तिपुर्ण जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गर्नुको सटटा एमाओवादी गठबन्धनका यस्ता हर्कतले हामी सबै नेपालीहरुको शिर झुकाउने काम भएको विज्ञप्तिमा भनिएको । यो उग्रवामपन्थी अराजकतावाद, अति दक्षिणापन्थी संक्रिणतावाद र पृथकतावादी चिन्तनको संयुक्त अभिव्यक्ति हो भन्ने नेपाली जनताको ठम्याई हो भन्दै युद्धकालिन धङधङीको झझल्को दिने गरी जनआन्दोलनको खिल्ली उडाउने र गरिमामय संविधान सभाको मर्यादामा आंच आउने गतिविधि प्रति गम्भिर ध्यानाकर्षण भएको एमाले कास्कीले भनेको छ ।
