पोखरा १ माघ । थ्रि स्टार क्लब काठमाडौले मनकामना पोखरा कपमा दोस्रो पटक फाइनल प्रवेशको यात्रा तय गर्दा सशस्त्र प्रहरीको एपीएफ क्लब प्रतियोगिताबाटै बाहिरिएको छ । पोखरा रगंशालाको फुटबल मैदानमा बिहिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा थ्रि स्टार क्लबले एपीएफलाई १—० गोलको कठिन नतिजा निकाल्दै उपाधिका लागी नेपाल पुलिस क्लबसंगको भेट पक्का गरेको हो । apf vs 3 star अव उपाधिका लागी माघ ३ गते शनिबार थ्रि स्टारले पुलिसको समाना गर्ने छ । थ्रि स्टारलाई फाइनल प्रवेश गराउन कप्तान सन्तोष साहुखलले पेनाल्टी मार्फत गोल गर्नुभयो । उहाँले गरेको गोल गनै निर्णायक बनेपछि थ्रि स्टार दोस्रंो पटक उपाधि होडको यात्रा पक्का बन्यो । थ्रि स्टारले क्वारटफाइनलमा आयोजक पोखरालाई १—० कै कठिन नतिजा निकाल्दै सेमिफाइलन खेलेको हो भने एपीएफ क्वाटरफाइनलमा हङकङको एभरेष्ट क्लबलाई सडनडेथमा ४—३ गोलले पराजित गदै सेमिफाइनल पुगेको हो । नेपाली राष्टिय फुटबलका कप्तान सागर थापा, सन्तोष साहुखल, सन्दिप राई, जगजित श्रेष्ठ , निराजन खड्का, विदेशी खेलाडि एलविस र भिक्टर जस्ता स्टार खेलाडि लिएर मैदान उत्रिएको थ्रि स्टारलाई एपीएफ विरुद्ध गोल गर्न ३९ मिनेट पर्खनु ्पयो । ३८ औ मिनेटमा एलविसलाई एपीएफका खेलाडि आदित्य चौधरीले डिबक्सभित्र लडाएपछि रेफ्री श्रबन लामाले पेनाल्टीको सुठठी फुके । पेनाल्टी प्रहार गरेका साहुखलले ३९ औ मिनेटमा गल्ती नगरि बललाई पोष्टको दिशा दिए । अन्तत त्यौ गोल नै थ्रि स्टारका लागी वरदान सावित भयो । पेनाल्टी गोल मार्फत हौसिएको थ्रि स्टारको खुशी तिन मिनेटमै निराशामा बदलियो । पहिलो हाफको इन्जुरी समयमा एपीएफका हेम गुरुङले प्रहार गरेको कर्नरलाई डिवक्स भित्र रहेका थ्रि स्टारका बिक्रम लामाको ह्याण्ड भएपछि रेफी श्रवन लामाले पेनाल्तीको संकेत गरे ।पेनाल्टी प्रहार गर्नुभएका एपीएफका कप्तान गणेश लावती चुकेपछि वरावरी गर्ने अवसरबाट चुक्दै सेमिफाइनलबाटै प्रतियोगिताबाट विट मार्न पुग्यो ।
