अन्तराष्ट्रिय पर्वतिय फिल्म महोत्सब (किम्फ) सुरु भएको ११ वर्ष भयो । सुरुको वर्षमा दर्शकको खासै उपस्थिती नदेखिए पनि पछिल्ला बर्षहरुमा हल भरिभराउ देखिन थालेको छ । किम्फमा प्रदर्शित फिल्म हेर्नका लागि टिकटको जोहो बेलैमा गर्नुपर्छ । नत्र सिट पाइदैन । किम्फ मात्रै हैन पछिल्लो समय नेपालमा हुने धेरै फिल्म फेष्टिवलप्रति दर्शककोआकर्षण बढ्न थालेको छ । फिल्म र नेपाली समाजप्रति विषेश चासो राख्ने आम युवाहरु अचेल यस्तामहोत्सव छुटाउँदैनन् । तर, आफुलाई ब्यबसायिक भन्ने फिल्मकर्मीहरुले महोत्सवप्रति पिठ्युँ फर्काएरबसिरहेका छन् । यी महोत्सवमा विश्वभर बनेका फिल्म एकै ठाउँमा बसेर हेर्न पाइने भएकाले पनि फिल्म निर्देशकका लागि आफैमा एउटा राम्रो अवसर हो । तर, नेपाली फिल्मका निर्देशकहरु महोत्सवलाई केही झैं पनि ठान्दैनन् र सिक्ने अबसरबाट चुक्छन् ।
नेपालमा हुने यस्ता महोत्सबलाई अवसरका रुपमा लिनुपर्ने धारणा राख्छन् मानबशास्त्री एवं निर्देशक सचिन घिमिरे । वृत्तचित्र र ब्यबसायिक फिल्म बनाउनेहरुले एकले अर्कालाई नमान्ने संसारभरिकै रोग हो । जुन रोग नेपालमा पनि देखिएको छ । घिमिरे भन्छन ‘यहाँ पनि ब्यबसायिकले बृत्तचित्र र बृत्तचित्रवालाले ब्यबसायिक फिल्म बनाउनेलाई नगन्ने प्रबृत्ति छ ।’ ब्यबसायिक फिल्म बनाउनेहरुमा अर्काको फिल्म हेर्ने संस्कार नभएकै कारण नेपाली फिल्मले ५० वर्ष पार गर्दा पनि विश्व बजारमा प्रवेश नपाएको उनको ठम्माई छ । ‘यस्ता महोत्सब केबल फिल्म हेर्ने थलो मात्रै हैन, विभिन्न मुलुकका निर्देशकहरु विच चीनाजानी गर्ने फिल्म किनबेच गर्ने अवसर पनि हो ।’ सचिनले भने । मुलधारमा क्रियाशिल धेरै निर्देशकमा सिक्ने संस्कारको अभाव देखेका छन् निर्देशक समाजका पूर्व अध्यक्ष केपी पाठकले । कतिलाई प्रतिष्ठाको ‘इगो’ रहेको बताउँछन् उनी । यस्ता महोत्सबमा गएर केही सिर्जनसिल होइन्छ भन्नेमा आम निर्देशक जानकार नभए जस्तो लाग्छ उनलाई । आफुले फिल्म वर्कसप गर्दा कतिपय निर्देशकले आलोचना गरेको सम्झदै उनी भन्छन ‘फिल्म वर्कसप गर्न लाग्दा केही साथीहरुले तँ बिगि्रस समेत भने ।’ किम्फ लगायत अन्य महोत्सबमा देखाइने फिल्मवाट धेरै कुरा सिक्न सकिने उनको बुझाइ छ । माल्भिका सुब्बा, पि्रयंका कार्की, ऋचा शर्मा, केकी अधिकारी समाज, सिनेमा र पुस्तक जोडिएको कार्यक्रममा उपस्थित हुन मन पराउँछन् । प्रायः फिल्म फेष्टिवलहरुमा उपस्थित हुने यी हिरोइन काठमाडौमा हुने पुस्तक मेलामा समेत सहभागी हुन्छन् । राजेश हमाल सिमित कार्यक्रममा उपस्थित हुन्छन् भने अन्य नायक फिल्मको मुहुर्त र रेड कार्पेट बाहेकमा उपस्थित हुँदैनन् । मनोज पण्डित यस्ता कार्यक्रममा सबै भन्दा धेरै सहभागी हुने निदर्ेेशकका रुपमा चिनिन्छन् । केपी पाठक, देबकुमार श्रेष्ठ, निश्चल बस्नेत पनि सक्रिय सहभागी हुन्छन् । बुटिक उद्घाटनका लागि मरिहत्ते गर्ने हिरोइनहरु पुस्तक मेला र फिल्म फेष्टिवल जस्ता कार्यक्रममा उपस्थित हुन जाँगर लगाउदैनन् । अरुणिमा लम्साल, सञ्चिता लुइटेल, सुमिना घिमिरे, झरना थापा, रेखा थापा लगायत पुराना पुस्ताका धेरै हिरोइन् यस्ता कार्यक्रममा उपस्थित हुन्नन् । पुराना पुस्ताका प्रायः नायक एवं निर्देशक यस्ता कार्यक्रममा उपस्थित हुनुलाई समय खेर गएको भन्न बेर लगाउँदैनन् । ‘महोत्सबमा जानै हुन्न भन्दिन तर, यस्ता महोत्सबले हाम्रा निर्देशकलाई फाइदा हुँदैन ।’ निर्देशक दयाराम दाहालले भने । -
