पोखरा उपमहानगरपालिकाले गरेको पार्कीङ शुल्क सम्झौता गलत भएको भन्दै आन्दोलनका उत्रिएका
पोखराका यातायात ब्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सोमबार भएको ब्यवसायीहरुका संस्था र पोखरा उपमहानगरपालिका विचको छलफलमा र्पािर्कङ शुल््क सम्झौता पुनराबलोकन गर्ने गरी कार्यदल गठन भए पछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको गण्डकीधौलागिरी अञ्चल सार्वजनीक यातायात ब्यवसायी समन्वय समितिका संयोजक बसन्त प्रधानले जानकारी दिनु भयो ।ब्यवसायीले आइतबार दुई घण्टा यातायात बन्द गदै उपमहानगरपालिका घेराउ गरेपछि उपहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले पत्र पठाएर छलफलमा आउन आग्रह गर्नुभएको थियो ।
   छलफलमा पाँच दिन भित्र समस्या समाधान गर्ने गरी कार्यदल गठन भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको संयोजक प्रधानले जबतानु भयो । पोखरा उपमहानगरपालिका, यातायात ब्यबशायी, यातायात मजदुर, पोखरा उद्योग बाणिज्य संघ, उपभोक्ता मञ्च र ट्राफिक प्रहरी सदस्य रहेको कार्यदलले पाँच दिन भित्र पार्किङ शुल््क उठाउने स्थानको बारेमा सुझाब पेश गर्ने बताइएको छ ।  पोखरा उपहानगरपालिकाले नगर क्षेत्रमा ब्यवसायीसंगको छलफल विनै टेन्डर गरेर पार्किङ शुल्क उठाउन थालेको थियो । पोखराका नो पार्किङ बाहेक सवै क्षेत्रमा शुल्क लिन पाउने गरि सम्झौता गरेपछि ब्यवसायी आन्दोलित भएका हुन्। पोखरा उपमहानगरपालिकालदले नाईस नेपाल कन्स्ट्रक्सन कम्पनीसंग २० महिनाको लागि एक करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । पोखरा उपमहानगरपालिकाले गरेको पार्कीङ शुल्क सम्झौता गलत भएको भन्दै पोखराका यातायात ब्यवसायी आइतबार दुई घण्टा यातायात बन्द गरे । विहान दश देखि १२ बजेसम्म पोखरा नगरभित्र चल्ने यातायात सडकको दायाँबायाँ जथाभावी पार्किङ गदै यातायात ठप्प पारे ।  उपमहानगरले बस, ट्रक र मिनिबसको दैनिक २५ रुपैयाँ, ट्याक्सी, भ्यान, माइक्रोवसको दैनिक २० रुपैयाँ, पावर टेलर, ट्याक्टरको दैनिक १० रुपैयाँ, निजी जिप, कारको दैनिक १५ रुपैयाँ, तथा मोटरसाईकल, स्कुटरको प्रतिदिन ७ रुपैयाँ पार्किङ शुल्क तोकिदिएको छ ।
 
Top