५ पुस, काठमाण्डौ ।
सत्ता साझेदार कांग्रेस-एमालेको शासकीय स्वरुप र निर्वाचन प्रणाली सम्वन्धी प्रस्तावमा असहमति जनाउँदै एकीकृत नेकपा माओवादी बाहिरिएपछि प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाअाेवादी नेता नारायणकाजी श्रेष्ठ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाअाेवादी नेता नारायणकाजी श्रेष्ठ संविधानका अन्तरवस्तुमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री निवास बालुवाटार कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा कांग्रेस-एमालेका नेताहरुले २०४७ सालको संविधानको जस्तै शासकीय स्वरुप र निर्वाचन प्रणालीको प्रस्ताव गरेको एमाओवादी नेताहरुले दावी गरेका छन् ।
कांग्रेस एमालेको प्रस्ताव सुनेपछि एमाओवादी अध्यक्ष प्रचण्डले ‘यो त दुर्भाग्यपूर्ण हो, तपाईंहरुले देशलाई मुठभेडमा लैजाने हुनुभयो,’ भन्दै बैठकबाट बाहिरिएका थिए । बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘कांग्रेस-एमालेले सहमति भन्दा पनि प्रक्रियामा जान खोजेको’ बताए । सत्तारुढ कांग्रेस-एमालेको शुक्रबार साँझ बसेको बैठकले संविधानका विवादित बुँदामा सहमतिको लागि अन्तिमपटक प्रयास गर्ने निर्णय गरेको थियो ।
