पोखरा । पोखराका संचारकर्मी सुरज आचार्यले फेरी नेपाली
लोक संगीतको क्षेत्रमा अर्को कोसेली लिएर आदै छन् ।
भरखर कलेज पढ्ने माया प्रेममा फसेकाहरु प्रति लक्षित गर्दे आचार्यले माया वस्यो झ्यापै एल्वम वजारमा ल्याउन लागेका हुन् । पढ्न भनी शहरमा झरीयो नक्लीको जाल भित्र परियो माया वस्यो झ्यापै तिम्रो वोली सुनेसी मायाको जाल वुनेसी पढाईमा मन नजाने भो च्यापै यो गीतले छोटा छोटा लुगा लगाउने र आफ्नो संस्कृती विर्सेकाहरुलाई सजग गराउने खालको रहेको वाताइएको छ । एल्वममा स्वर सुरज आर्चाय ,राजु ढकाल र देवी घर्तीको रहेको छ । शव्द सुरज आचार्य र लय रामजी पौड्लयको रहेको छ ।
मालश्री रेकडीङ स्टुडीयो काठमान्डौ मा रेकडीङ्ग कार्य सकिएको आचार्यले जानकारी दिएका छन् । अव माया वस्योे झ्यापैको म्युजीक भिडियोको निमार्ण जारीरहेको छ । यस अघि पनि आचार्यको अन्त कतै नजर लाईन नी भन्ने गितले निकै चर्चा पाएको थियो । सुरज हाल मेघा एफ मा कार्यरत छन् । संस्कृती र आफ्नो मौलीकतालाई नभुल्न सवै लाई आगर्ह समेत गरेका छन् । गितले सवैको मन जित्ने आचार्यले वताएका छन्।

.jpg)