असोज १ पोखरा । देशका विभिन्न स्थानमा गएको बाढिपहिरोबाट प्रभावितहरुका पोखरा विश्वविद्यालय मानवीकी तथा सामाजिक विज्ञानका ब्याचलर अफ डेभलपमेन्ट स्टडिज अन्र्तगत छैटो सेमिस्टरका विद्यार्थीहरुले १७ हजार ८ सय ६६ रुपैया सहयोग गरेको छन् ।विश्वविद्यालयमा बुधवार आयोजित कार्यक्रममा स्कुल अफ हेल्थ अफ हेल्थ एलाइड साइन्सका प्राध्यापक डा. विष्णु तिवारी र कार्यक्रम संयोजक विष्णु प्रसाद दाहालले सयुक्तरुपमा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति बामदेव ढुङ्गानालाई सो रकम प्रदान गर्नुभएको हो ।सो अवसरमा बोल्दै प्रमुख अतिथी ढुङ्गानाले विद्यार्थीहरुलाई मानवीय कार्यमा लागेकोमा धन्यवाद दिदै राज्यको सहयोगी निकायको रुपमा रेडक्रस स्थापित भएको जानकारी दिनुभयो । कार्यक्रममा स्कुल अफ हेल्थ अफ हेल्थ एलाइड साइन्सका प्राध्यापक डा. विष्णु तिवारी, स्कुल अफ विजनेशका पूर्व सहायक डिन सह प्राध्यापक दिपक भण्डारी, फ्याकल्टी अफ हुमनीटिजका प्रशासक तेजनारायण पराजुली, कर्मचारी भानु पराजुली, अन्जु पौडेल, विद्यार्थीहरु मिना पुन, विकास त्रिपाठी लगायतले बोल्नुभएको थियो ।
 
Top