पोखरा १ असोज । एघारौ लेखनाथ महोत्सव मंसिर तेस्रो साता हुने भएको छ । “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका मंसिर १८ गते देखी २९ गते सम्म लेखनाथ १ भण्डारढिक प्रस्तावित रंङगशालामा महोत्सव गर्ने तयारी गरिएको बुधबार लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ ।एघारौ लेखनाथ महोत्सव २०७१ को तयारीका सम्वन्धमा वुधवार लेखनाथका राजनैतिक पाटीका प्रमुख तथा प्रतिनिधी, यस क्षेत्रका सरोकारवाला संघ संस्था र उद्योग वाणिज्य संघ विच वसेको संयुक्त वैठकले निर्णय उक्त गरेको हो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा वसेको वैठकमा विगतका महोत्सवहरुका सुधार गर्नुपर्ने पक्षलाई सुधार गरि लेखनाथ एघारौ महोत्सवलाई नया कार्यक्रमका साथ भव्य, सव्य र व्यवस्थीत रुपमा संचालन गर्ने र सवैले आ आफ्नो क्षेत्रवाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
 बैठकमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, महासचिव वलराम ढकाल, नेपाली काग्रेसका सचिव विश्वराज लामिछाने, नेकपा एमाले नगर अध्यक्ष मोहनवाहदुर गुरुङ, एनेकपा माओवादीका पुष्पकमल ढु«ङाना, राप्रपाका हेमवहादुर हमाल, नेकपा संयुक्तकी सरिता पौडेल, नेकपा एकिकृतका प्रेमकाजी गूरुङ, अखण्ड नेपालका मोती गिरी, ङयोय तमुधी लेखनाथ अध्यक्ष जंङवहादुर गुरुङ, जनप्रकाश उच्च मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङ, प्रअ कृष्णराज पौडेल, उच्च मावि संयोजक शिवमणि भण्डारी, लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष गोविन्द्रप्रसाद कर्माचार्य, सिद्धिविनायक वोडिङ स्कुलका निर्देशक ज्ञानेन्द्रमोहन भट्टराई, सु नारायणसिङ गुरुङ, विमला थापा वस्नेत, वसन्तमोहन शर्मा लगायतका वक्ताहरुले महोत्सवलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि आ आफ्नो धारणा राख्नुभएको थियो ।
 
Top