तनहुँ,  - तनहुँको सर्वज्योती माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकलाई यौन दुराचारको आरोपमा विद्यालयले बर्खास्त गरेको छ । गत शनिवार मनपाङस्थित अकला हाईवे रेष्टुरेष्टबाट आफ्नै विद्यालयबाट पुरक प्रवेशिका परीक्षामा उत्तीर्ण छात्रासँगै क्राउ परेका शिक्षक लालबहादुर नेपालीलाई विद्यालय व्यवस्थापन समितिको बैठकले बर्खास्त गरेको हो ।
 विद्यालय व्यवस्थापन समितिले मंगलबार नै जिल्ला शिक्षा कार्यालयलाई निर्णय हस्तान्तरण गरेर आवश्यक कारवाहीका लागि जिल्ला शिक्षा अधिकारीसँग अनुरोध गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त अधिकारीले बताउनुभयो । छात्राका आफन्तले शिक्षक नेपालीलाई कारवाहीको माग गर्दै जबरजस्ती करणी उद्योगमा जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएका छन् । शिक्षक नेपालीका कारण अन्य विद्यार्थीहरु समेत पीडित बन्नु परेको भन्दै स्थानीय बासिन्दाले शिक्षक नेपालीलाई कडा कारवाही गर्नुपर्ने माग राखेका छन् ।
 
Top