२ असोज । नक्कली पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । बनस्थलीबाट गोंगबु बस्ने २४ वर्षका डेविड शेरचन र चितवन, पर्सा बस्ने २४ वर्षका सहदेव श्रेष्ठ पक्राउ परेका हुन् । उनीहरुको साथबाट नक्कली पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । सहदेवको साथबाट गृह-मन्त्रालयको लोगो भएको सशस्त्र प्रहरी जवानको नक्कली परिचय-पत्र समेत बरामद भएको छ ।
