काठमाडौं, २ असोज । प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद आज पुनर्गठन गर्दै हुनुहुन्छ । विनाविभागीय मन्त्रीसहित मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद पुनर्गठन गरी आजै दिउँसो १ बजे सपथ गराउने र बेलुका बस्ने मन्त्रिपरिषद बैठकमा नयाँ मन्त्रीहरुलाई सहभागी गराउने तयारी प्रधानमन्त्री कार्यालयको छ । साना दलका लागि छुट्याएको मन्त्रालयमा मुख्य सत्ता साझेदार दलहर कांग्रेस र एमलोबीच भागबण्डापछि मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको हो ।
सञ्चारमन्त्री मिनेन्द्र रिजाल र सहरी विकासमन्त्री नारायण खड्कालाई हटाउने र नेताहरु दिलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुंगाना, यज्ञबहादुर थापा र बालकृष्ण खाँडमध्येबाट मन्त्री बनाउने तयारी कांग्रेसको छ । थापा कास्की काँग्रेसका सभापति हुनुहुन्छ भने संविधान सभा निवाचनमा कास्की क्षेत्र १ बाट निवाचित सभाषद् पनि हुनुहुन्छ । त्यस्तै, कांग्रेसकै तर्फबाट श्रम राज्यमन्त्री रहेका टेकबहादुर गुरुलाई मन्त्रीमा बढुवा गरी सोही मन्त्रालयकै जिम्मेवारी दिने तयारी छ । अर्का सत्ता साझेदार दल एमालेले भने मन्त्रीहरुको टुंगो लगाइसकेको छैन
