पोखरा  २  असोज  , महिला मानवअधिकार रक्षक सञ्जाल र महिला अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्था तथा महिला अधिकारकर्मीहरुले कास्कीमा एक दृष्टिबिहीन युवतीमाथि भएको बलात्कारको बिरोध गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गरी १८ वर्षीय एक दृष्टिबिहीन छात्रामाथि शिक्षक दण्डपाणि ढकालले गरेको बलात्कार निन्दा गर्दै घटनाको अनुसन्धान गर्दै पीडकलाई कडाभन्दा कडा कारबाही र पीडितलाई सुरक्षासहितको न्यायको लागि जोडदार माग गरेका छन् ।  killing-rep  महिला अधिकारकर्मीहरुले देशव्यापी रुपमा बलात्कार बिरुद्धको राष्टिय अभियान संचालन गरीरहेकै समयमा दिन प्रति दिन यस्ता घटना बढ्दै गएकोमा दुख व्यक्त गरेका छन् । साथै उक्त विज्ञप्तीमा दुधे बालबालिकादेखि सय वर्षमाथिका बृद्धासमेत बलात्कारजस्तो जघन्य अपराधको शिकार बन्नुपर्ने अवस्थाले पीडाबोध भएको भन्दै यसले सुरक्षित महसुस गर्न नसकिएको उल्लेख गरिएको छ ।  

    महिलामाथि हुने गरेका विभिन्न प्रकृतिका हिंसालाई न्यूनिकरण गर्नु हामी सबैको दाियत्व हो भन्दै यस्ता असाध्यै पीडादायक बलात्कारका घटनाको अन्त्य गर्दै महिलाहरुले सम्मानपूर्वक बाँच्न पाउने वातावरणको निर्माणका लागि नेपाल सरकार र यससँग सम्वद्ध निकायप्रति सञ्जाल र अधिकारर्मीले माग गरेका छन् । संयुक्तरुमा विज्ञप्ति जारी गर्नेहरुमा महिला मानव अधिकार रक्षक सन्जाल, कास्कीबाट अध्यक्ष सरलाकुमारी पाण्डे, मानव विकास मञ्चका अध्यक्ष शुष्मा पौडेल,कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की संयोजक शोभादेवी पौडेल, कोपिला नेपालका निर्देशक विना शिलवाल, इन्सेकका का. संयोजक शवनम शर्मा, संविधान सूचना केन्द्रका प्रमुख जुनाकुमारी गुरुङ, मानवअधिकार एलायन्सका सचिव जानकी शर्मा, महिला कानुन व्यवसायी मञ्चकी सचिव सरिता थापा, बाल तथा महिला सशाक्तिकरण समाज नेपालका अध्यक्ष इन्द्रकुमारी शर्मा, इवाजका अध्यक्ष सुनिता बस्नेत, चेली नेपालका पवित्रा थापा, मनोसामाजिक मनोविशर्म फोरमका अध्यक्ष जमुना शर्मा, महिला मानवअधिकारका लागि एकल महिला समूहका अध्यक्ष प्रमिला तझ्या छन्
 
Top