आश्विन २ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले संविधानसभाको निर्धारित कार्यतालिका नफेरिने बताएका छन् । नेपाल औषधि व्यवसायी संघ लुम्बिनीले बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले सहमतिका नाममा संविधान निर्माण प्रक्रिया नरोकिने बताएका हुन् ।  सहमतिका लागि प्रयास गरेपनि सहमतिको संविधान बन्ने लक्षण नदेखिएको बताउँदै पौडेलले प्रक्रियामै गएर भए पनि संविधान निर्धारित समयमै बनाउने बताए ।
 
Top