८ श्रावण,पोखरा।नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दको क्रममा काठमाडौं सहित देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जबर्जस्ती बन्द गराउनेलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।यसै क्रममा काठमाडौंमा ११ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइली सहित ४ जनालाई तीनकुने लगिएको छ भने अरुलाई गोगंबु र महाराजगञ्जमा राखिएको अखिल क्रान्तिकारीका महासचिव खगेश्वर केसीले जानकारी दिनुभयो ।संविधानको मस्यौदा तथा भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको आह्वान गरिएको नेकपा माओवादीले जनाएको छ । बन्दका कारण सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् ।नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्द सफल गराउन हिँडेका बागलुङका १० जना माओवादी कार्यकर्ता शुक्रबार बिहानै पक्राउ परेका छन् । माओवादी जिल्ला सेक्रेटरी बिकिरण क्षेत्री, जिल्ला सदस्य बाबुलाल शाक्य सहित १० जना पक्राउ परेका हुन्
