४ साउन पोखरा
नेपाल प्रेस युनियन कास्की शाखाले स्थापना गरेको नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारीता पुरस्कार एवम् कल्याणकारी कोषमा सहयोग रकम आउने क्रम जारी रहेको छ।यसक्रममा उक्त कोषमा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति एवम् प्रजातन्त्रका सेनानी समाजसेवी लिलाभक्त आचार्यले आईतबार एक कार्यक्रम वीच ५४ हजार ५० रुपैया सहयोग गरका छन् ।यस अघि कोषमा ५१ हजार एक सय ५१ रुपैया सहयोग गरेका आचार्यले आईतबार पुन ५४ हजार ५० रुपैया थप गरि कोषको निर्देशिका अनुरुप प्रमुख संरक्षक सदस्य वनेका छन्। उनले गरेको जम्मा सहयोग गरेको रकम एक लाख पाँच हजार दुई सय एक रहेको छ।आचार्य उक्त रकम नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि वरालाई हस्तान्तरण गरेका थिए ।उक्त हस्तान्तरण कार्यक्रममा वोल्दै सभासद् वृन्दादेवी रानाले नेपल प्रेस युनियनले कास्कीले सराहनीय काम गरेको भन्दै प्रशंशा व्यक्त गरिन् । यो कोषबाट प्रेस युनियनका सदस्यहरुको वृद्धि विकासका लागि ठुलो मद्दत मिल्ने महिले विश्वास लिएकी छु उनले भनिन्–प्रेस युनियनले गरेको प्रशंशनिय कामका लागि म सधै सहयोग गर्न तयार छु ।कार्यक्रममा रकम हस्तान्तरण गर्दै नेपाली काँग्रेस कास्कीका पूर्व सभापति, प्रजातन्त्रका सेनानी समाजसेवी आचार्यले विगत देखि नै लोकतन्त्र र प्रजातन्त्र प्रति निष्ठावान भई काम गर्दै आएको बताउदै नेपाल प्रेस युनियन पनि यसको संरक्षण र संवद्र्धनमा काम गर्ने भएकोले आफूले सहयोग गरेको बताए ।संस्थाका गतिविधिले गर्दा नै म प्रभावित भएर सहयोग गरेको हू उनले भने–संस्थाले आगामि दिनमा पनि सहयोग मागे आर्थिक नैतिक र भौतिक रुपमा नै म सहयोग गर्न तयार छु।कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि वरालले कोषमा सहयोग गरेको भन्दै समाजसेवी आचार्यलाई धन्यावाद दिदै आचार्यले समाजिक क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंशा गरे ।उनले कोषको निर्देशिका तयार भएको जानकारी दिदै सहयोग गर्ने व्यक्तिले तत्काल सहयोग गर्न आग्रह गरे ।उक्त कार्यक्रममा नेपाल प्रेस युनियका पूर्व केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय समाचार समितिका वोर्ड सदस्य गंगाधर पराजुली, नेपाली काँग्रेस वडा नं.१७ का सभापति पुण्डरीप्रसाद वराल, नेपाली काँग्रेसका क्रियाशिल सदस्य डि.आर.भट्टराई नेपाल प्रेस युनियन कास्की सचिव प्रकाशचन्द्र सापकोटाको उपस्थिति रहेको थियो ।यसै गरि कोषमा केहि समय अघि नेपाल प्रेस युनियनका सचिव प्रकाशचन्द्र सापोकाटा पार्षद नविन सिग्देल, कार्यसमिति सदस्य गिताकुमारी विष्ट र नेपाल प्रेस युनियनकी साधारण सदस्य सरस्वती गुरुङ जनही ११ हजार एक सय ११ रुपैया प्रदान गरेका थिए ।त्यसैगरि नेपाल प्रेस युनियनका पूर्व कार्यसमिति सदस्य तथा नेवि संघ कास्कीका सभापति मदन पौडेले पनि कोषमा २५ हजार पाँच सय पाँच सहयोग गरेका छन् ।पौडेलले उक्त रकम आफ्नो विवाह भोज खर्च कटाएर कोषमा सहयोग गरेका हुन् ।
