पोखरा २ असार।
पोखराका सञ्चारकर्मी तथा संगितकर्मी देशभक्तसिंह कुँवरको जन्मदिनको अवसरमा पोखरा–८, सिमलचौरमा रहेको श्रीराम निम्न माविका विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमको  आयोजना गरि स्टेशनरी समाग्री वितरण गरेका छन् ।उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोईरालाले विद्यालय र विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण गर्नु अत्यन्तै राम्रो काम भएको वताईन् ।
उक्त कार्यक्रममा मेघा एफ एमका प्रबन्ध निर्देशकसमेत रहेका देशभक्त सिंह कुँवरले कक्षा १देखी कक्षा ८ सम्मका ११० अध्ययनरत विद्याथीहरुलाई कपी, कलम र खाजासेट वितरण गर्दैे समाजमा भड्किलो तरिकाले जन्मदिन मनाउनुभन्दा थोरै भए पनि आफ्नो तर्फबाट भविष्यका कर्णधार भाईबहिनीलाई यी सामाग्रीले अझ अगाडि बन्न सहयोग मिलोस् भन्ने हेतुले विगत लामो समयदेखी यस्तो कार्यक्रम गर्दै आईरहेको वताए ।
सो अवसरमा कार्यक्रममा संस्कृतीकर्मी रामबहादुर कोईराला, चलचित्र निर्देशक घनश्याम लामिछाने, हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुली, स्वतन्त्र पत्रकार संध कास्कीका उपाध्यक्ष पदमराज उदासी, राम नि.मा.विका प्रधानाध्यापक कल्पना पौडेल र अध्यक्ष तारा गिरीले जन्मदिनको शुभकामना व्यक्त गर्नुका साथै सम्पदा कला मन्दिर नेपालका संरक्षक वरिष्ठ साहित्कार क्षेत्रबहादुर कुँवर तथा कलाप्रेमी रामदेवी कुँवरले यस्तो कार्यले समाजलाई सकारात्मक संदेश दिने भन्दै शुभकामना  दिएका थिए ।मेघा एफ.एम.का प्रवन्ध निर्देशक देशभक्तसिंह कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन तिर्सना गुरुङ्गले गरेकी थिइन् ।
 
Top