पोखरा १२ जेठ
 
 मेघा एफ एम ९५.४ मेगा हर्ज ले आज वैशाख १२ गते गएको विनासकारी माहा भुकम्प मा परी मृत्य भएका आत्मा हरुको चिर शान्तीको कामना तथा घाइतेहरुको शिघ्र स्वास्थय लाभको कामना गर्दै दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । रेडीयोका अध्यक्ष क्षेत्र वहादुर कुवँरले नेपालीले यो समयामा भोग्नु परेको समस्याले देश रोइरहेको छ सवै मिलेर पुर्न निमार्ण गर्नु पर्ने वताउनु भयो ।   रेडीयोका प्रवन्धक निर्देशक देश भतm सिहँ कुवरले देश रोइरहेको वेला सवैले शोक लाई शतmी मा वदल्नु पर्ने वताउनु भएको छ । दिप प्रज्वलन कार्यक्रममा मानव अधिकार पत्रकार सघ हुर्जा अध्यक्ष राजेश पराजुलीले यदी कसैले राहत नपाएमा सम्वन्धीत प्रमुख जिल्ला अधिकारी र   सम्वन्धीत निकायमा सम्र्पक राख्न र मिडीयाले तेस्ता कुरालाई प्रसारण गरीदीन पनि पराजुलीले आग्रर्ह गरेका थिए । मेगा एफ एमले अव कहिल्यै पनि यस्तो विपत्ती  नआओस् भन्ने प्रार्थना गदै सयौले दिप प्रज्वलन गरेका थिए ।  दिप प्रज्वलन मा नेपालको नक्सा र नेपालको झण्डा वनाईएको थियो ।  कार्यक्रम रेडीयो का अध्यक्ष क्षेत्र वहादुर कुवर को अध्यक्षतामा सम्पन्न कार्यक्रम रघु वाग्लेले संचालन गरेका थिए ।
 
Top