पोखरा १० असार । असल छिमेकी सहयोग संघ (गोनेसा) नेपालले विद्यालय भर्ना सहयोग कार्यक्रम अन्तरगत विहिबार विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । कठिन परिस्थीती तथा विपन्न परिवारका बालबालिकालाई शिक्षा र स्वास्थमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गोनेसाले १३ वर्ष अगाडी देखी पोशाक तथा छात्रवृत्ती वितरण गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर राना मगरले नगरपालिका भित्रका विपन्न वर्गका बालबालिकालाई गोनेसाको सहयोगले सबैको लागि शिक्षा पु¥याउने सरकारको नारालाई सहयोग पु¥याएको बताए । शहरी, गरिवी चुनौती पुर्ण भएको उल्लेख गर्दै उनले शैक्षिक लगानीले गरिवी निवारण र रोजगारीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । भिस्पे इटलीको सहयोगमा बिहिबार छोरेपाटन उच्च मावि र जानकी निमावीका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा गोनेसाका महासचिव रामप्रसाद सुवेदीले प्रति विद्यार्थी वर्र्षको दुई पटक ८ देखी १० हजार बराबरको दरले पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिए । उनले विद्यालय सहयोग कार्यक्रम अन्तरगत १ हजार ५ सय ५० बालबालिकालाई सहयोग गरिएको जानकारी दिदै यस शैक्षिक सत्रमा ४ सय ८७ जना बालबालिकाले पोशाक तथा शैक्षिक सामाग्री पाउने बताए ।
उनले गोनेसाको सहयोगले बालबालिको शिक्षामा पहुँच वृद्धि गरी विद्यालय छोड्ने दर घटाउन सहयोग पुग्ने दावी गरे । गोनेसाका अध्यक्ष मेजर दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य श्याम कुँवर, कार्यक्रम संयोजक कमला रिमाल, बाल अधिकार अधिकृत भरतराज बराल, अभिभावक सावित्री गुरुङ लगायतका वक्ताले मन्तव्य राखेका थिए ।
