पोखरा उपमहानगरपालिकाको न्युरोडमा आगोलागी हुदा दुई पसल, ३ मोटरसाइक जलेर नस्ट भएका छन् । पोखरा ९ न्युरोडमा रहेको डिआइ फर्म हाउस र एक रङ्ग पसलमा आगो लागी भएको हो । आगोलागीबाट दुबै पसल जलेर नस्ट भएको कास्कीका प्रहरी प्रमुख हरी बहादुर पालले जानकारी दिए ।यसै गरि पसल अगाडी रहेका तीनवटा मोटर साइकल पनि जलेर नस्ट भएका छन् । आगोलागीबाट कति क्षति भयो भन्नेबारेमा अहिले सम्म कुनै विवरण नआएको पालले बताए । आगोलाई अहिले पनि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् आगो विहान ७.३० वजे लागेको थियो
 
Top