प्रेस चौतारी कास्कीले स्थापना गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७० बाट पत्रकार खेमबहादुर सारु मगरलाई सम्मान गरिने भएको छ । प्रतिभा छनोट समितिले उक्त पुरस्कारबाट सारुलाई सम्मान गर्न गरेको सिफासिरलाई प्रेस चौतारी कास्कीको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो ।प्रतिभा छनोट समितिको संयोजकमा अग्रज पत्रकार बद्रीविनोद प्रतीक र सदस्यमा प्रेस चौतारी नेपालका उपाध्यक्ष शान्ति गुरुङ, गण्डकी इन्चार्ज हरि बाँस्तोला, पदेन सदस्यमा प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर र सचिव माधव बराल रहनुभएको छ । नगद ११ हजार १ सय ११, दोसल्ला र सम्मानपत्र रहेको उक्त पुरस्कारबाट सारुलाई आगामि फागुन २३ गते प्रेस चौतारी कास्कीको सातौं अधिवेशनमा सम्मान गरिने सचिव माधव बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रेस चौतारी कास्कीका संस्थापक कोषाध्यक्ष समेत रहनुभएका सारुले २०५१ सालदेखि रेडियो नेपालबाट पत्रकारिता सुरु गर्नुभएको हो । दुई वर्ष रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा काम गरेपछि २०५३ सालदेखि क्षेत्रीय प्रशारण केन्द्र पोखरामा कार्यरत हुनुहुन्छ । पाल्पाको रामपुर नगरपालिका वडा नम्बर १२ मा जन्मनुभएका सारु रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा अहिले समाचार सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यसअघि पुण्य पौडेल, माधव शर्मा, नवराज सुवेदी, रुद्रबहादुर थापा, हरि बाँस्तोला, र बद्रीविनोद प्रतीक सम्मानित भइसक्नुभएको छ । यसैबीच प्रेस चौतारी कास्कीको अधिवेशनको तयारीलाई तिव्र पारिएको छ । प्रेस चौतारी कास्कीको सदस्य बन्न १९ जनाले दिएको आवेदनलाई सोमबार बसेको बैठकले अनुमोदन गर्दै नयाँ सदस्यता प्रदान गरेको सचिव बरालले जानकारी दिनुभयो । सचिव बरालका अनुसार सदस्यता नवीकरण र नयाँ सदस्यता फारम भर्नका लागि फागुन १६ गतेसम्मको सिमा तोकिएको छ