२५ माघ, काठमाडौं । नेपाल वायु सेवा निगमले खरिद गरेको पहिलो एयरवस बिमान काठमाण्डौ आइपुगेको छ 
युरोपेली जहाज उत्पादक कम्पनी एयरबससँग दुईवटा ‘न्यारो बडी’ जहाज खरिद गर्न निगमले गरेको सम्झैताअनुसार पहिलो बिमान आइतबार साँझ त्रिभुवन बिमानस्थलमा अवतरण गरेको हो ।  २७ बर्ष यता अन्तराष्ट्रिय उडानका लागि जहाज खरिद गर्न नसकेको निगमको पहिलो एयरबस काठमाडौं भित्र्याउँदा त्रिभुवन विमानस्थलमा पूजासहित खुशीयाली मनाइयो ।  एयरबसको ए-३२० मोडलको १५८ सिटे बिमानमा १ सय ५० इकोनोमी र ८ विजनेश क्लास सिट छन् । सगरमाथा नाम दिइएको यो बिमानले फागुन १३ गते (फेब्रुअरी २५ तारिख)का दिन नयाँदिल्लीका लागि पहिलो उडान भर्ने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
 
Top