पोखरा, ८ माघ/पोखरामा आठौं राष्ट्रिय प्राङगारिक कृषि मेला हुने भएको छ । क्षेत्रीय कृषि निर्देशानलय पोखरा र कृषि ब्यवसाय प्रवद्धन कार्यक्रम हरिहर भवन ललितपुरको संयुक्त आयोजना हुने आठौं राष्ट्रिय प्राङगारिक कृषि मेलाको तयारी तिव्र पारीएको आयोजकले जानकारी दिएका छन् ।  विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मेला ब्यस्थापन समितिका संयोजक लेखनाथ आचार्यले पोखराको प्रर्दशनी केन्द्रमा माघ १५ देखि १८ गते सम्म चल्ने मेलामा झण्डै एक लाख दर्शकले अबलोकन गर्नुृुको साथै एक सय २० प्राङगारिक सम्बन्धी स्टल रहने जानकारी दिए ।  मेलामा निशुल्क प्रवेश ,निःशुल्क स्टल ,प्राङगारिक कृषी गीत सम्बन्धि प्रतियोगिता, प्राङगारिक कृषि सम्बन्धि प्राविधिक सुचना एव प्रस्तुतीकरण , प्राङगारिक कृषि सम्बन्धमा विज्ञहरु बाट कार्यपत्र प्रस्तुती ,जेटीए र बुढी आमाको प्रहसन लगायतको कार्यक्रम रहेको क्षेत्रीय कृषि निर्देशनालयका प्रसार अधिकृत खेमनारायण चापागाईले जानकारी दिए ।  माघ १० गते सम्म स्टल बुकीङ गर्न सकिने उहाँले बताउनु भयो । राष्ट्रिय मेला भएकोले मेची देखि महाकाली सम्मका प्राङगारिक स्टल रहने बताइएको छ । पोखरामा धेरै मेला महोत्सव हुने भए पनि यस मेलामा कृषक ,कृषि सहकारीकर्मी ,तथा कृषि प्रविधिसंग सम्बन्धित उद्योगी ,ब्यवसायीहरु ,विद्यालय ,क्याम्पस तथा विश्व विद्यालयका विधार्थी ,तथा सोधकर्ताहरु ,सरकारी एवं गैरसरकारी संघसस्थाहरुको सहभागीता रहने आयोजकले जानकारी दिए ।
  अरु मेला भन्दा भिन्न मेला भएको र प्रवेश पनि निशुल्क भएकोले दर्शकको सख्या बढी हुने आयोजकले अपेक्षा गरेको छ । मेलामा स्वास्थ्य प्रति सजग उपभोक्ताहरुको पनि उलेख्य सहभागीता रहने आयोजकको अनुमान गरेको छ । मेला शुरु हुने दिन विहान ११ बजे क्षेत्रीय कृषि निर्देशनालयको प्राङगणबाट शुरु हुने नौमती बाजा सहित विभिन्न कृषि झाकीले पोखराको चिप्लेढुङा महेन्द्रपुल ,नयाँबजार हुदै मेला स्थल प्रर्दशनी केन्द्र नयाँ बजारमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुने बताइएको छ । मेलामा प्राङगारिक कृषि बस्तुहरुको खरिद विक्रि , बाली उपचार शिबिर ,घुम्तीमाटो परिक्षण शिविर ,प्राङगारिक कृषि सुचना केन्द्र ,ख्याति प्राप्त राष्ट्रिय कलाकार बाट प्राङगारिक कृषि सम्बन्धि सास्कृतिक कार्यक्रम हुने क्षेत्रीय कृषि निर्देशनालयका प्रकाश संजेलले जानकारी दिए ।
 
Top