पोखरा
मंसिर । जंगलबाट शिकार गरि ल्याउदै गरेको मृग सहित जिल्ला प्रहरी कार्यालय कास्कीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा १७ बस्ने २३ वर्षिय हेमन्त लामिछाने, थुमाकोडाँडा ७ बस्ने अर्जुन सापकोटा, मनोज सापकोटा र सागर सापकोटा रहेको कास्की प्रहरी प्रवत्ता केदार रजौरले जानकारी दिए । कास्कीको निर्मल पोखरी गा.वि.स. वडा न.६ को फुस्रेखोला नजिकको जंगलबाट पोखरा तर्फ आउदै गरेको अवस्थामा उनीहरलाई पक्राउ गरिएको हो ।  images  जंगलमा अवैध रुपमा मृगको चोरी शिकारी हुने गरेको भन्ने सुचनाको आधारमा चेकजाँच गर्दा हेमन्त लामिछानेले चलाएको ग.८. प २९८७ नम्वरको मोटरसाइकलमा पछाडि बसेका मनोज सापकोटाले लिएको सेतो बोराभित्र लुकाएर ल्याउदै गदा रातो रङको भाले जातको मृत फेला परेको प्रहरीले जनाएको छ । सोधखोजका गदै जादा मृगसंगै शिकारमा प्रयोग भएको टुटु हतियार नजिकैको झाँडिमा लुकाई राखेको उनीहरुले बताएपछि हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका चारैजनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट हातहतियार खरखजना मृद्धामा म्याद थप गरि अनुसन्धान भैरहेको छ भने मारिएको मृग आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय कास्कीमा पठाइएको प्रहरी प्रवत्ता रजौरेले बताए । उनीहरु विरुद्ध जिल्ला वन कार्यालयले वन्यजन्तुको अवैध चोरी शिकारीमा थप अनुसन्धान समेत गर्ने भएको छ ।
 
Top