पोखरा  मंसिर ।
४० वर्षे पोखरेली सपना साकार हुने देखिएपछि जनतामा छाएको खुशी राजनीतिक दाउपेचका कारण विमानस्थल निर्माण प्रक्रिया फेरी अलपत्र पर्ने होकी भन्ने आशंका उब्जिएको छ । ३१ देखि सालदेखि पोखरामा क्षेत्रीय अन्तराष्टिय विमानस्थल बन्ने कथा सुनेका पोखरेलीहरु केही पहिना पहिले सरकारले चिनियाँ निर्माण कम्पनिसंग भएको ठेक्का सम्झौतालाई अनुमोदन गदै ऋण सम्झौताका लागी केही हप्ता अगाडि अर्थमन्त्रालयले पत्र पठाएपछि विमानस्थल बन्नेमा ढुक्क थिए ।  photo  तर पछिल्लो समय विमानस्थल बन्ने क्षेत्र कास्की क्षेत्र न २ बाटै विजयी काँग्रेस सभाषद् शारदा पौडेलले विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक नपाएको निहुँमा मुआब्जाको विषयलाई उचालेर रोक्ने प्रयास गरेकी छिन् । पर्यटन मन्त्रालय नेकपा एमालेको पोल्टामा रहेको र विमानस्थल निर्माण पनि सोही मन्त्रालय अन्र्तगत पर्ने भएकाले मन्त्रालयले आफनै पार्टीका नेता एवं कास्की क्षेत्र ३ बाट विजयी सभाषद् रविन्द्र अधिकारीलाई संयोजक बनापछि पौडेलले विरोध गदै आएकी छन् । केही समय अधि उनले पत्रकार सम्मेलन गरेरै रविन्द्रलाई संयोजक बनाएकोमा विरोध गदै सोही क्षेत्रबाट विजयी आफुलाई नै संयोजक बनाउनुपर्ने दावी गरेकी थिइन् । काँग्रेसकै सरकार, प्रधानमन्त्री पनि काँग्रेसकै र काँग्रेसकै अर्थमन्त्री भएका कारण निर्माण संयोजक पनि आफुनै बन्नुपर्ने उनको भनाई रहेको छ । जुन क्षेत्रबाट जितेको त्यही क्षेत्रको सभाषद्लाई नदिई राजनीति गर्न खोजिएको उनले बताइएकी थिइन् । विकासमा राजनीतिक छायाँ पार्न खोजिएपछि विमानस्थल निर्माण फेरी अवरुद्ध हुने हो की भन्ने आशंका उब्जिएको छ । काँग्रेस र एमाले विचको राजनीतिक लडाईका कारण पोखरेलीको विमानस्थलको ४० वर्षे चाहानामा तुसारापात हुने चिन्ता ब्यक्त गरिएको छ ।
  पछिल्लो समयमा सरकारले ६ सय २९ रोपनी थप जग्गा अधिग्रहण गदै मुआब्जाका लागी प्रक्रिया थालेपछि उचित मुआब्जाको माग गदै जग्गा धनिहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले उचित मुआब्जा नदिए विमानस्थल निर्माण कार्य रोक्ने भन्दै आन्दोलनका कार्यक्रम समेत सार्वजनीका गरेका छन् । शुक्रबार पोखरामा आयोजित विरोध सभामा बोल्दै सभासद् शारदा पौडेलले गोलि थापेर भएपनि स्थानीयलाई उचित मुआब्जा दिलाउन लागिपर्ने बताइन् । तपाईहरु ढुक्क हुनुस, म तपाईहरुको प्रतिनिधि हुँ, कुनैपनि बहानामा म तपाईहरुमाथि अन्याय हुन दिन्न उनले जग्गा धनिका आगाडि भनिन । एउटा सभाषद्ले विमानस्थल निर्माणको लागी सहयोग गरेर समस्या समाधान गर्न लाग्नुपर्नेमा उल्टै उचाल्ने काम गरेको उनको भनाईले समेत पुष्टि गरेको छ ।  आन्दोलनका कार्यक्रमहरुमा मङ्सिर २८ गते अन्तर्राष्ट्रिय विमानस्थल परियोजनास्थल छिनेडाडाँ कार्यालय भवनमा मुखमा कालोपट्टि बाँधि धर्ना दिने, पुस १ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउने र ३ गते विमानस्थल क्षेत्रभित्र भइरहेको माटो परिक्षण तथा नाप जाँच लगायतका कार्य बन्द गराउने रहेका छन ।६ सय २९ रोपनी जग्गाको उचित मुआब्जा रकम माग गदै सरकारले दिन लागेको मुआब्जा रकम अति नै न्यून भएको भन्दै पोखरा – १४, १५ र १८ का जग्गाधनीहरुले उचित मुआब्जा माग गरेका हुन्। उचित मुआब्जा नदिए विमानस्थल निर्माणका लागि जग्गा समेत नदिने बताउदै आएका उनीहरुले पोखरामा विरोध प्रर्दशन समेत गरे । हामी विमानस्थल विरोधी हैनौ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार संघर्ष समितिका सचिव तथा प्रवक्ता बोधराज कार्कीले भने – तर अति न्यून मुआब्जा दिएर हाम्रो उठीबास गर्न पाईदैन ।     समितिका उपाध्यक्ष ललितबहादुर भण्डारीले सरकारले दिन लागेको मुआब्जा निकै कम भएकोले एक्लै गएर नबुझ्न जग्गाधनीलाई आग्रह गरे । आन्दोलनबाट माग पुरा नभए दोश्रो चरणको आन्दोलन गर्ने उनले बताए । स्थानीय भिमसेन थापाले जनतालाई अन्याय गर्ने हो भने विमानस्थलको तारबार समेत फ्याक्ने चेतावनि दिए । उच्चस्तरीय सहयोग समितिले समेत जनताविरुद्ध षडयन्त्र र प्रपन्च गरिरहेको आरोप लगाए । कार्यक्रममा समितिका सहसचिव ललितबहादुर बानियाँ , कार्य सम्पादन समितिका सदस्य शिवप्रसाद पोखरेल, बोधराज बराल, भवानी लामिछाने र शान्ति गुरुङ लगायतले उचित मुआब्जा वितरणपछि मात्र विमानस्थल निर्माण कार्य शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार संघर्ष समितिका अध्यक्ष बलराम कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 
Top