पोखरा, २१ कार्तिक
प्रधानमन्त्री शुसिल कोइरालले पोखरा विश्वविद्यालयको कायम मुकायम भिसिमा प्रोफेसर डाक्टर विष्णुराज तिवारी नियुक्त गरेका छन् । पोखरा विश्वविद्यालयका कुलपतिको हैसियतल प्रधानमन्त्री शुसिल कोइरालले बरिष्ठताका आधारमा तिवारीलाई नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकास अधिकारीले गन्थन डटकमलाई जानकारी दिए ।  Bishnuraj Tiwari Bishnuraj Tiwari नवलपरासी घर भएका तिवारी पोखरा विश्वविद्यालयमा ५ वर्ष देखि कार्यरत थिए । विश्वविद्यालयमा हेल्थसाइन्समा पढाउदै आउनु भएका तिवारीले विश्वविद्यालयको प्रशासनिक क्षेत्रमा भने कुनै भुमिकामा थिएनन् . भ्रष्टाचारको अभियोगमा उप–कुलपति सहित २४ जना पदाधिकारी निलम्बनमा परेपछि पोखरा विश्वविद्यालयका काम ठप्प भएका थिए । विश्वविद्यालयका उप–कुलपति खगेन्द्रप्रसाद भट्टराई सहित रजिष्टार, परिक्षा नियन्त्रक, सबै संकायका डिन अख्तियारको निलम्बनमा परेपछि विश्वविद्यालयको प्रशासनिक काम सबै ठप्प बनेको थियो । तिवारीको निक्तुपछि कामहरु सुचारु हुनेछन् । 

 कर्मचारीहरु निलम्बनमा परेपछि पोखरा विश्वविद्यालयको नियमित कामदेखि भावी योजना समेत अन्योलमा परेको थियो । विश्वविद्यालयको बजेट, नीति तथा कार्यक्रम पारित नहुँदा प्राध्यापक तथा कर्मचारीको तलब भत्तासहित दैनिक प्रशासनिक खर्च रोेकिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वबिद्यालयबाट भवन बनाउने, नयाँ कलेजलाई सम्बन्धन दिने, कन्सलटेन नियुकती लगायतमा आर्थिक कृयाकलापमा हुने अधिकांश क्षेत्रमा अनियमितता भएको दावी सहित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ । उनिहरुलाई अख्तियारले २ करोड २४ लाख विगो दावि सहित मुद्दा दायर गरेको थियो ।
 
Top