एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतमा विभिन्न पक्षसँग गरिएका सहमति विपरित संविधान जारी गर्न खोजिए मुलुक ठूलो दूर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

  अखिल नेपाल शिक्षक संगठनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा दाहालले पछिल्लो समय संविधान लेखनमा भएको प्रगति न्तोषजनक रहेको बताए । उनले सहमतिमै संविधान जारी गर्नुपर्नेमा जोड दिँदै आफूले अन्तिम समयसम्म पनि हमतिका लागि प्रयास गर्ने बताए ।  संक्रमणकाल लम्बिदै गर्दा शिक्षा क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको भन्दै उनले संविधान लेखनका लागि दबाब सिर्जना गर्न शिक्षकहरुलाई आग्रह गरे ।
 
Top